मोरङ : मोरङमा चोरीको मोटरसाइकलसहित एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ ६ का १९ वर्षीय अनिष मगर रहेका छन् । उनलाई चोरी गरेकोे मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीले चेकिङको क्रममा मगरले कुदाउँदै गरेकोे मे ५ प २१५१ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेकोे हो ।
मगरले मिक्लाजुङ ७ बस्ने मनोजकुमार सुवेदीको घरमा पार्किङ गरिराखेको उक्त मोटरसाइकल चोरी गरेर भागेका थिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post