सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा ४ बस्ने ९ वर्षीय मिलन सरदार रहेका छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ३०५४ नम्बरको ट्याक्टरले उत्तरबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदाँ सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका सरदारको उपचारको क्रममा विराट नर्सिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post