तेह्रथुम : तेह्रथुममा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको फिदिम नगरपालिका ३ बस्ने ३९ वर्षीय नरेन्द्र राईलाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
बालिकालाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको खुलेको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post