पाँचथर : पाँचथरको याङवरक गाउँपालिका ३ को निर्माणाधीन इङवा खोला हाइड्रो पावर कम्पनीमा कार्यरत एकजना श्रमिकको ढुंगाले लागेर मृत्यु भएको छ ।
मृत्यु हुनुेमा बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका ८ का स्थायी बासिन्दा ३३ वर्षीय लालबहादुर थारू रहेका छन् ।
बाटो खन्न लगाइएको जेसीबीले काम गरिरहेको समयमा खसेको ढुंगाले टाउकोमा लाग्दा उनको मृत्यु भएको हो ।
घटनापछि जेसीबी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।














Discussion about this post