झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका १ निवासी ३७ वर्षीय जगतबहादुर भुजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार कचनकवल गाउँपालिका १ स्थित चारकोशे जलथल जंगलसँगै जोडिएको पश्चिम देउराली सामुदायिक वनबाट निस्किएको हात्तीले भुजेललाई मंगलबार (आज) दिउँसो ४ बजेर २० मिनेटमा आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट मृत्यु भएका भुजेलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post