तेह्रथुम : तेह्रथुमको म्याङ्लुङ नगरपालिका ७ मा ट्रकको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्ली गाउँपालिका ४ उदयपुरका २५ वर्षीय दीपक राउत रहेका छन् । प्रदेश नम्बर १–००२–००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सहचालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।



















Discussion about this post