झापा : झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ ।
जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जंगली हात्तीको आक्रमणबाट ५६ जनाको मत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । सो समयमा ६ वटा हात्ती मरेका छन् ।
जंगलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र धेरैजसोको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवन पाठकले जानकारी दिए ।














Discussion about this post