मोरङ : मोरङमा एक २४ वर्षीय स्टाफ नर्सलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिकाका एक वडा सदस्यलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बेलबारी २ का २६ वर्षीय विजय तोलाङ्गीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
मोरङ अदालतका न्यायाधीश मोहन सुवेदीको इजलाशले तोलाङ्गीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतको आदेशपछि पुर्पक्षका लागि तोलाङ्गी मोरङ कारागार चलान भएका छन् ।
बलात्कार आरोपमा पक्राउ परेका तोलाङ्गी बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।
उनले २४ वर्षीय नर्सलाई मोरङको जेफालेमा लगेर साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरी परेको थियो ।
उजुरी दिएपछि तोलाङ्गी फरार थिए । उनी २६ मङ्सिरमा इलाक प्रहरी कार्यालय बेलबारीमा आफैँ हाजिर भएका थिए ।
प्रहरीले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि बुधबार मोरङ अदालतमा अभियोग दायर भएको थियो । सोही अभियोगको आधारमा उनलाई बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको बताइएको छ ।














Discussion about this post