झापा : झापामा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
चार वटाको संख्यामा आएको जंगली हात्तीको समूहले जिल्लाको शिवसताक्षी ११ स्थित मानव बस्तीमा पसेको थियो ।
हात्तीको आक्रमणबाट स्थानीय ६१ वर्षीया कृष्णमाया भण्डरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रमणबाट उनका श्रीमान ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
आज (आइतबार) बिहानको राति साढे २ बजेतिर बस्ती पसेको हात्तीले भण्डारी दम्पतीको घर भत्काएका थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post