विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ ।
आइतबार (आज) बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो ।
आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेश निजामती सेवा अध्यादेश पेश गरेका हुन् ।
संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको उनले बताए ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो ।














Discussion about this post