सुनसरीको हरिनगरा गाउँपालिका–७ कबिलासामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज दिउँसो सुनसरीको घुस्कीबाट देवानगञ्जतर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल दुर्घटनामा परी देवानगञ्ज गाउँपालिका–२ का २५ बर्षीय सजिम अंसारीको मृत्यु भएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकल तीब्र गतिमा भएका कारण अनियन्त्रित भई दुर्घटना भएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post