धरान : धरानमा ४ लेन सडक बनाउन दलहरूबीच छलफल भएको छ ।
रानी–विराटनगर–इटहरी–धरान सडकखण्ड आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरूले छलफल अगाडि बढाएका हुन् ।
आयोजनाले उपमहानगरपालिकालाई पटक पटक पत्राचार गरेपनि काम सकिन लाग्दा धरानको बजार क्षेत्र खाली नगरिएपछि राजनीतिक दलहरूले छलफल अगाडि बढाएका हुन्।
धरानको बजार क्षेत्रबाटै ६ लेन सडक विस्तार गरेर लैजाने कि वाइपास गर्ने वा ४ लेन मात्र सडक विस्तार गर्ने भन्ने अन्योल कायमै छ।
सुनसरी उद्योग वाणिज्य संघको हलमा शनिबार संघीय सांसद अशोककुमार राई, प्रदेश सांसदहरू र राजनीतिक दलहरूबीच ६ लेन सडक विस्तारबारे छलफल भएको हो ।
अहिले धरानको बजार क्षेत्र मात्र १५ मिटर अर्थात ५० फिट चौडाई रहेको छ। केही वर्षअघि सेउती खोला हुदै ६ लेन सडकलाई वाइपास गर्न सडक विभागले सर्वे पनि गर्न प्राविधिक पठाएको थियो।
तर, सेउती खोला किनारमा सयौं सुकुम्बासी बस्ती भएकोले विरोध भएपछि यो विकल्प पनि अघि बढ्न सकेन। बजार क्षेत्रबाटै मात्र ४ लेन सडक विस्तार गर्ने छलफल भएपनि ठोस निर्णय हुन सकेको थिएन। अहिले पुनः धरानका राजनीतिक दलहरुले ४ लेन विस्तार गर्नुपर्ने सहमति गरेका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार आयोजना हुदा नै कोशी राजमार्गलाई विस्तार नगरिए भविष्यमा बजेट सुनिश्चितता नहुने भएकोले ४ लेन बनाएर भएपनि काम अगाडि बढाउन राजनीतिक दलहरुबीच सहमति भएको छ।












Discussion about this post