Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेलाई नागरिक अभिनन्दन गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २७, २०७९
in विविध, समाचार
0
इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेलाई नागरिक अभिनन्दन गरिने
227
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका सामाजिक व्यक्तित्व लेखनाथ घिमिरेलाई नागरिक अभिनन्दन गरिने भएको छ । सामाजिक, शैक्षिक र साहित्य क्षेत्रमा समेत प्रशंसित घिमिरेलाई आगामी माघ २७ गते अभिनन्दन गर्न लागिएको हो ।

घिमिरेको अभिनन्दनका लागि कवि अनिल पौडेलको संयोजकत्वमा समिति बनेको छ ।

ताप्लेजुङ साँघुमा जन्मिएर इटहरीमा कर्मथलो बनाएर बसेका घिमिरेलाई ७८ वर्ष उमेर पुगेका दिन अभिनन्दन गर्न लागिएको हो ।

यसअघि नागरिक स्तरबाट भाषाविद् प्राध्यापक डाक्टर टंक न्यौपाने र मजदुर नेता ओम कोइरालाई अभिनन्दन गरिएको थियो ।

शैक्षिक क्षेत्रको उन्नयनमा जीवनको उर्जा लगानी गरेका घिमिरेको अभिनन्दनकै क्रममा सयभन्दा बढी लेखकले लेखेका सामग्रीसहितको ग्रन्थ पनि प्रकाशन हुने भएको छ ।

ग्रन्थ प्रकाशसनका लागि सम्पूर्ण सामग्री तयारी भएको संयोजक पौडेलले बताए । उनका अनुसार समाजमा योगदान पु¥याउने अनि अग्रजलाई सम्मान गर्नका लागि नयाँ पुस्तालाई संस्कार सिकाउन पनि यस खाले नागरिक अभिनन्दनले सहयोग पुग्नेछ ।

इटहरीको इतिहास निर्माण गर्ने र भविष्यमा इतिहास बन्न सक्ने विविध क्षेत्रका व्यक्तिको पहिचान गरी नागरिक अभिनन्दन गर्ने योजना रहेको पौडेलले बताए ।

अभिनन्दनका क्रममा झाँकीसहित इटहरी बजार परिक्रमा गरिनेछ । घिमिरेलाई अभिनन्दन गर्न त्यसको तयारीका लागि मूल आयोजक समितिसँगै आर्थिक, प्रचारप्रसार, व्यवस्थापन लगायतका अलग–अलग समितिले युद्दस्तरमा काम गरि रहेको मुल समितिको सचिव सागर भट्टराईंले बताए ।

प्रचारप्रसारका लागि इटहरीलाई कार्यक्षेत्र बनाएर काम गर्ने सम्पूर्ण पत्रकारलाई प्रिन्ट, अनलाइन, रेडियो र टेलिभिजन विभाग छुट्याएर जिम्मेवारी प्रदान गरिएको छ ।

प्रचारप्रसार समितिले पत्रकारसँग बुधबार एक छलफल कार्यक्रम समेत आयोजना गरियो ।

सो क्रममा पत्रकार सुविद गुरागाईंले घिमिरेको नागरिक अभिनन्दनबारे चर्चा–परिचर्चा इटहरी कार्य क्षेत्र बनाएर काम गर्ने पत्रकारले सञ्चार गृहमा समाचार प्रकाशन–प्रशारण गरेसँगै सामाजिक सञ्जालमार्फत पनि गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार शालिग्राम पाण्डेले नागरिक अभिनन्दन वर्षेनी समाजिक क्षेत्रमा व्यक्तिगत स्वार्थमाथि उठेर काम गर्नेको पहिचान गरि गरिनुपर्नेमा जोड दिए ।

सो क्रममा लेखनाथ घिमिरे अभिनन्दन मूल समारोह समितिका संयोजक पौडेलले समाजको वृहत्तर हितमा लाग्ने पात्र पहिचान गरी सबैजनाले योजना बनाएरै अगाडि बढनुपर्ने आवश्यकता रहेको बताए ।

Tags: अभिनन्दनलेखनाथ घिमिरे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भेडाको ऊन काट्दै भेडापालक किसान
विविध

भेडाको ऊन काट्दै भेडापालक किसान

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

ताप्लेजुङको फुङलिङ नगरपालिका-११, फावाखोलाका भेडापालक किसान भेडाको ऊन काट्दै । चिसो मौसम सुरु भएसँगै लेकाली क्षेत्रबाट बेसीतर्फ झारिएका भेडालाई सहज...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…
FEATURE BREAKING

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकामा एक युवकलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला...

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३
सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भेडाको ऊन काट्दै भेडापालक किसान

भेडाको ऊन काट्दै भेडापालक किसान

अशोज २९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३
सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.