मोरङ :मोरङको बिराटनगर महानगरपालिका १५ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउदै गरेको फिदिम नगरपालिका ४ पाँचथरकी २० वर्षीया एन्जिला सुजीलाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक ३ एम्पुल,डाइजोपाम ३ एम्पुल ,फेनारागन ३ एम्पुल, एभिल ३ एम्पुल,नाइट्राभेट ३० चक्की, सुई ३ थान र स्पास्मो प्रोक्सिवन २ चक्की फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।













Discussion about this post