धरान : धरानमा सिटी सफारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरान ३ पुरानो बजारमा प्रदेश १–०२–००३ ह २६५५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धरान १५ बस्ने १९ वर्षीया ठिना लिम्बू रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिटी सफारी चालक धरान ११ बस्ने ज्ञानबहादुर थापालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post