इटहरी : सुनसरीका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
धरान ३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान १५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश १–०२–००३ ह २६५५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको हो ।
सिटी र चालक धरान ११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन्।
त्यसैगरी बराहक्षेत्र ७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए ।
नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।













Discussion about this post