इटहरी : सुनसरीको बराहक्षेत्र ५ सिमरवनास्थित जनजागृती सामुदायिक वन क्षेत्रभित्र हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ ।
आज (मङ्गलबार) बिहान ११ बजेको समयमा जङ्गलमा घाँस काट्न गएका सिमरवना माझी टोलका ७० वर्षीय धनबहादुर माझीको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले पुष्टि गरे ।
उनका अनुसार मृत्यु भएमा माझीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post