Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘हचुवा फैसला’बाट अन्यायमा परेका तरहराका लालबहादुरले कहिले न्याय पाउँछन् ?

उच्चको पेशी सरेको सर्यै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ९, २०७९
in टाकुरा विशेष, समाचार
0
‘हचुवा फैसला’बाट अन्यायमा परेका तरहराका लालबहादुरले कहिले न्याय पाउँछन् ?

पीडित लालबहादुर ।

178
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रम्हपुर फूलबारी टोलमा १० धूर जग्गामा एउटा सानो छाप्रो हालेर बसेका लालबहादुर विक अहिले जेलमा छन् ।

उनको जायजेथा सम्पत्ती विक्री गर्दा ५–७ लाख पुग्ला । तर, उनलाई अदालतले ३ करोड १४ ला बिगो जरिमानासहित फैसला गरेपछि उनी जेल जानु परेको हो । उनको घर पुग्ने ३ फुट फराकिलो बाटो छ ।

लालबहादुर विककी श्रीमती दिलकुमारी गहतराज हुन् । १० वर्ष अगाडि विवाह गरेपनि उनीहरुको सन्तान भएको छैन ।

उनीहरुले प्रेम गरेर विवाह गरेका हुन् । भाईसँग बस्दै आएका बुबा हर्कबहादुर विक ७० वर्षका भए र आमा सीता विश्वकर्मा पनि ६८ वर्षकी भइन् । दिनरात ज्याला मजदुरी गरेर बुबा आमालाई पनि हेरचाह गरिरहने लालबहादुर जेल परेपछि उनकी श्रीमती, बुबा र आमाको आशाको दियो निभ्न लागेको छ ।

एकै पटक १४ लाखसम्म नदेखेको उनीहरुको परिवारलाई ३ करोड १४ लाखको बिगो जरिमाना सुनसरी जिल्ला अदालतबाट थमाइएको छ । यो तिर्न सक्ने उनीहरुसँग कुनै ताकत छैन ।

‘लालबहादुरको ३ करोड १४ लाख बराबरको सम्पती कहाँ देखियो ? संसारको कुनै ठाउँमा लगेर राखेको छ कि घर अगाडिको बाटोमा गाडेको छ कि ? हेर्नुपर्यो । अनुसन्धान होस् । हामीले कहाँसम्म न्याय माग्न जानु । बिना गल्तीको मान्छे जेलमा सडिरहेको अवस्था छ,’ उनकी श्रीमती दिलकुमारी भन्छिन् ।

घटनाको विस्तृत विवरण

२०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले २०७२ सालदेखि संचालनमा आएको सिंहदेवी ज्वेलर्सविरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्स विरुद्ध अर्को मुद्दा दर्ता भयो ।

अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा  पर्यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगढको रुपमा काम गरेका लालबहादुरलाई पनि विपक्षी बनाइयो ।

उक्त मुद्दामा २०७८ पुस १९ गते फैसला आयो । फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।

उक्त मुद्दामा ज्वेलर्सका संचालक तथा मुख्य प्रतिवादी दिपक गजमेर छन् भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर बिक छन् । त्यसमध्ये लालबहादुर विश्वकर्मा उक्त ज्वेलर्समा काम गर्ने कालिगढ मात्रै थिए ।

लालबहादुर निर्दोष रहेको र उनीसँग कुनै कारोबार नगरेको भनी प्रमुख प्रतिवादीदेखि अन्य प्रतिवादी र जाहेरीवाला ७२ जनाले बकपत्र समेत अदालतमै दिएका छन् ।

तर, न्यायाधीश योङ्याले कसैको बयान नसुनी जबर्जस्ती लालबहादुरलाई दोषि ठहर गरिएको छ । अदालतको फैसलामा लालबहादुर र प्रमुख प्रतिवादी तथा जाहेरीवालाले दिएको बकपत्रमै उनी निर्दोश रहेको देखाउँछ । फैसलामा उल्लेखित बयानको केही अंश हेरौं ।

लालबहादुर विकको बयान

निजहरु (प्रो.दीपक गजमेरका छोराहरू दिपक विश्वकर्मा गजमेर, कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर) नहुँदा निज (प्रो.दिपक गजमेर) को बुबा कृष्णबहादुर गजमेरको आदेश निर्देशनमा मैले सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिज प्रा.लि. लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु.५,००,०००।– (पाँच लाख) र अम्बिका अन्जना राईको जम्मा गरेको नगद रु.१०,७२,०००।– (दशलाख बहत्तर हजार) मा तथा अन्य पासबुकमा समेत कृष्णबहादुर गजमेरको आदेश निर्देशनमा मैले दस्तखतसम्म गरिदिएको हो । पैसा कृष्णबहादुर गजमेरले राखेका हुन् । अन्य रकम सम्बन्धमा मलाई केही थाहा छैन ।

प्रतिवादी कृष्णबहादुर विश्वकर्मा गजमेरले अदालतमा गरेको बयान

सहप्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा हाम्रै सुन पसलका कालीगढ हुन् ।

सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिज प्रा.लि. इटहरी २४ तरहराका प्रो.दिपक गजमेरका छोराहरु दिपक विश्वकर्मा गजमेर, कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेत पसलमा नहुँदा मलाई दस्तखत गर्न नआएकोले मैले निज कालीगढ गोपाल भन्ने लाल बहादुर विश्वकर्माले सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिज प्रा.लि.लेखिएको पासबुकमा कन्चन चौधरीबाट जम्मा गरेको नगद रु.५,००,०००।– (पाँच लाख) र अम्बिका अन्जना राईको जम्मा गरेको नगद रु.१०,७२,०००।– (दशलाख बहत्तर हजार) लगायतका पासबुकमा दस्तखत गर्न नलाई सो रकम म आफूले बुझिलिएको हो । दैनिक कारोबारको रेखदेख सम्बन्धी प्रमुख जिम्मेवारी छोरा दिपक विश्वकर्मा गजमेर आफैंले गर्थे, निज नभएको बेला म लगायत छोरा कमल विश्वकर्मा गजमेर र छोरी सीता विश्वकर्मा गजमेर समेतले कारोबार गर्ने गरेका थियौंै ।

छोराछोरी कोही पसलमा नहुँदा कहिलेकाँही पसलका कालिगढ गोपाल भन्ने लालबहादुर विश्वकर्मालाई मैले पासबुकमा दस्तखत गर्न लगाई नगद म आफूले बुझिलिई राख्ने गर्दै आएको थिएँ ।

प्रतिवादी दीपक विश्वकर्मा गजमेरले लालबहादुर विकको विषयमा अदालतमा गरेको बयान

मेरा सम्पूर्ण संस्थाहरुबाट भए गरेका कारोबारमा प्रतिवादीहरु कृष्णबहादुर विश्वकर्मा, सीता विश्वकर्मा, कमल विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माको कुनै संलग्नता र सहमति समेत छैन । निजहरुलाई मैले अह्राएको समयमा मात्र पासबुकबाट पैसा लिनुदिनु गर्नुहुन्थ्यो ।

लालबहादुरको विषयमा जाहेरवाला ७२ जना को बकपत्र

‘प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् । निजबाट म ठगिएको होइन’, जाहेरवाला बलराम पुरी, पवित्रा गिरी, गंगादेवी गुरुङ, अर्जुनकुमार वन, चुँडाबहादुर क्षेत्री, भीमकुमारी राई, कृष्णबहादुर क्षेत्री, रत्नकुमारी राई, ख्याम अधिकारी, लिलादेवी दाहाल, लिलाबहादुर अधिकारी, बलराम गुरुङ, पुष्पा राई, निर्मला राई, चित्रबहादुर अधिकारी, चन्द्रकला श्रेष्ठ, कोपिला पुरी, पदमबहादुर गुरुङ, संजोग राई, सुकमित गुरुङ, सुमित्रा गिरी, चन्द्रबहादुर लामिछाने, दिव्यश्वरी पुरी, तारा बस्नेत, उमादेवी गुरुङलगायत ७२ जनाको बकपत्र ।

कसुर ठहर खण्डको २१ नम्बर बुँदामा लालबहादुर विकबारे अदालतको ठहर

प्रस्तुत मुद्दाका प्रतिवादीहरु दिपक विश्वकर्मा गजमेर, कृष्णबहादुर विश्वकर्मा गजमेर, कलम विश्वकर्मा र सीता विश्वकर्मा एकै घरका सदस्य र गोपाल भन्ने लालबहादुर विश्वकर्मा दीपक विश्वकर्मा समेतले संचालन गरेको सिंहदेवी ज्वेलर्सका कामदार रहेको भन्ने प्रतिवादीहरुको बयान बेहोरा समेतबाट देखिन्छ ।

जाहेरिवालाहरूको भनाई, बरामदी मुचुल्का र प्रतिवादीहरुको बयान व्यहोराबाट प्रतिवादीहरुले सिंहदेवी ज्वेलर्स, सिंहदेवी ज्वेलर्स इन्डष्ट्रिज प्रा.लि. र सिंहदेवी मनि ट्रान्सफर संचालन गरी सिंहदेवी ज्वेलर्स समेत बैंक जस्तै हो भन्ने विश्वास दिलाउन सोको नाममा पासबुक समेत छपाई जाहेरवालाहश्रु समेतको खाता खोली (अभिलेख रजिष्टरमा जनाई) निजहरुबाट विभिन्न मितिमा ठूलो मात्रामा रकम बुझी लिई÷निक्षेप जस्तै संकलन/स्वीकार गरी पासबुकमा जनाई दस्तखत समेत गरी उक्त पासबुक सम्बन्धीत बचतकर्तालाई दिने गरेको भन्नेमा विवाद गर्नुपर्ने अवस्था देखिएन ।

यस्तै बुँदा नम्बर २२ को अन्तिममा भनिएको छ, ‘जाहेरवाला र प्रतिवादीहरुको समेतको भनाईका कआधारमा हेर्दा ठगी गर्ने कार्यमा प्रतिवादी दिपक विश्वकर्मा गजमेरको मुख्य भूमिका/संलग्नता र अन्य प्रतिवादीहरू कृष्णबहादुर विश्वकर्मा गजमे्र, सीता विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माले ठगी गर्ने कार्यमा प्रतिवादी दिपक विश्वकर्मा गजमेरलाई मद्दत पुर्याउने मद्दतकार÷मतियारको भूमिका निर्वाह गरेको भन्ने देखिई कसुरको मात्र घटीबढी भएपनि जाहेरवाला समेतको रकम ठगी गर्ने कार्यमा प्रतिवादीहरुको संगठित र सामूहिक संलग्नता रहेको भन्ने पुष्टि हुन आयो ।

लालबहादुरको घर ।

अदालतको फैसलामा सजाय निर्धारण खण्डको अन्तिम सारांश यस्तो

‘साविक मुलुकी ऐन ठगीको महलको ४ नं. बमोजिम प्रतिवादीहरूबाट अभियोगपत्रसाथ संलग्न विगो तालिकामा उल्लेख भए बमोजिम जाहेरिवाली सुकमित गुरुङसमेत २७५ जनाको विगो अठार करोड चौरासी लाख छैसठी हजार आठ सय उनानब्बे रुपैयाँ निज जाहेरवाला समेतलाई दामासाहीले भराई दिने ठहर्छ । सो ठहर्नाले अरुमा तपसिल बमोजिम गर्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम यो फैसला गरिदिएको छ ।’

पैसा राख्न दिनेहरू नै भन्छन्, ‘लालबहादुर निर्दोष हुन्’

छिमेकी मिनाकुमारी खत्रीले १० वर्ष अगाडि उक्त ज्वेलर्समा २ लाख रुपैयाँ पैसा राख्न दिएकी थिइन् । तर, अहिले अदालतले गरेको फैसलामा लालबहादुर जेल परेको उनलाई पनि मन परेको छैन ।

‘लालबहादुरलाई त कर्मचारी राखेको हो नि । स्टाफलाई पैसा राख्न लगाएको हो । बाउले पैसा राख्थ्यो, पासबुकमा चाहिं आफूले सही गथ्र्यो,’ उनी भन्छिन् । खोटाङ दिक्तेलबाट तराइ झरेकी उनले धान, मकै, कोदो, बाख्रा पाठा बेचेर जम्मा गरेको पैसा जम्मा गरेको बताउँछिन् । गाउँका प्रत्येकजसो घरका पैसा राख्न दिने गरेको उनी बताउँछिन् ।

८० वर्षीया विष्णुमाया ढुंगाना पनि लालबहादुरकै छिमेकी हुन् । उनले पनि लालबहादुरले कुनै कसुर गरेजस्तो आफूलाई नलागेको बताउँछिन् ।

पेशी सरेको सर्यै

जिल्ला अदालतको फैसलाको विरुद्धमा लालबहादुरले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका छन् । आउँदो माघ २४ गतेका लागि पेशी तोकिएको छ । गत साउन २० गते उच्च अदालतमा निवेदन दिएका हुन् । उनको पेशी गत पुस ३ गते राखिएको थियो ।

विविध कारणवस पुस २६ गतेलाई सर्यो । २६ गतेबाट माघ ३ गतेलाई सर्यो । माघ ३ गतेबाट माघ २४ गतेलाई पेशी सरेको छ । अदालतले छिटो फैसला गरे हुन्थ्यो भन्ने परिवारको आशा छ ।

‘पेशी पनि सरेको सर्यै गर्छ । अब माघ २४ गते मात्रै हुन्छ भनेको छ । मान्छेको बेहालत भइसक्यो,’ गहतराज भन्छिन् । मुद्दा लगाउने सुक्मित गुरुङले पनि लालबहादुर दोषी छैन भनेर बकपत्र गरेका छन् । ‘न्यायाधिश निर्मला योङहाङले के खालको फैसला गरेको बुझ्नै सकिएको छैन । न्यायाधिश भएँ भन्दैमा जे पनि फैसला सुनाउन मिल्छ र ? मानवताको नाताले हेर्दा पनि यो त अन्यायपूर्ण नै हो नि,’ उनको भनाइ छ ।

८ कक्षा पढेका लालबहादुरले मासिक ज्याला २२ हजारसम्म पाउँथे

सुन पसलमा लालबहादुरले काम गरेको साढे २ वर्ष भएको थियो । उनको मासिक तलब तोकिएको थिएन । सिक्री बनाएवापत ज्याला दिन्थे । मासिक २२, २३ हजार हुने गरेको उनकी श्रीमती गहतराजले बताइन् । उनको घर भएको स्थानको १० धुर जग्गा भाई अरुणसहितको हो । बुबा हर्कबहादुरले दाजुभाईले ५–५ धुर जग्गा बाँडेर खानु भनेर अंश दिएका थिए ।

त्यही जग्गामा लालबहादुरले दुवइ गएर ल्याएको पैसाले सानो घर बनाएका हुन् । घर बनाउँदा केही ऋण लागेको थियो । त्यो ऋण अझै तिर्न नसकेको उनकी श्रीमती गहतराज बताउँछिन् । ‘ऋण काडेर, बैंकबाट पनि ऋण लिएर घर बनाएका हौं । अझै पनि ऋण तिर्न सकेका छैनौं । हार्डवेयरमा पनि २ हजारका दरले मासिक तिरिरहेका थियौं ।

साहुले महिनाको १२, १३ हजार किस्ता तिर्दिनु भएको थियो,’ उनी भन्छिन्, ‘घर भएको जग्गा रोक्का छ । तर, यो जग्गा बेच्दा पनि तिर्न नसक्ने ऋण छ हामीलाई । ३ फुटको बाटो भएको जग्गा छ । प्रतिधूर एक लाख रुपैयाँ मूल्य पनि आउँदैन ।

अहिले मेरो हातमा पनि कुनै काम छैन । मुद्दा मामिलाकै कारण दौडादौड गरिरहनु परेको छ । अहिले त बिहान के खाने बेलुका के खाने भन्ने नै समस्या छ ।’

लालबहादुरको शैक्षिक योग्यता ८ कक्षासम्म मात्रै हो ।

‘गल्ती गर्नेले पो गरे त । दिनेले दिए खानेले खाए । खाएको पनि हैन । गोठालो खेतालो बसेको मान्छेलाई यत्रो बिगो जरिमाना र दोषि ठहर गर्नु हामीमाथिको अन्याय हो,’ लालबहादुरका बुबा हर्कबहादुरले भने, ‘कति जम्लाहात गरिसक्यौं हामी इटहरी पनि घुम्यौं, त्यसको आँशु बगाएको पत्रहरु बोकेर पनि हामी डुल्यौं । अहिलेसम्म न्याय पाइनौं ।’

आफ्नो छोराले ठगी गरेर कमाएको भए जायजेथा हेर्न र आफ्नो घर पनि आउन अनुरोध गर्छन् । ‘मेरो घर पनि चित्राले बारेको छ । झ्याल ढोकामा पर्दा हालेर बसेको छु । दैलो हाल्न सकेको छैन । यहाँ आएर हाम्रो अवस्था हेर्दा पनि थाहा हुन्छ । नखाएको विष हामीलाई किन लगाएको ? गरिवलाई किन रुवाएको ? न काल आएर मरिजानु न के गर्नु भएको छ,’ लालबहादुरका बुबा हर्कबहादुर भन्छन् ।

आफूहरुलाई अदादलतबाटै अन्याय भएको गहतराज बताउँछिन् ।

‘गरिवलाई कति पेलेको पेलेकै गरेको । कसलाई सुनाउँ कति जनालाई भनौं । दिनमा ७०–८० पटकसम्म मानिसहरुलाई जवाफ दिनुपरेको छ,’ उनी भन्छिन्, ‘बिना गल्तीको मान्छेलाई अदालतले केही नहेरि किन यस्तो फैसला सुनाएको हो हामी छक्क परेका छौं ।’

उनको पक्षबाट बहस गर्दै आएका कानून व्यवसायी निराजन ओझाले फैसला त्रुटीपूर्ण रहेकै कारण उच्च अदालत गुहार्नु परेको बताउँछन् ।

‘वास्तवमा लालबहादुर निर्दोश छन्, उनलाई जिल्ला अदालतको फैसलाले अन्याय गरेको छ, उच्चले त्यसलाई सच्याउँछ भन्ने लाग्छ,’ उनी भन्छन् ।

Tags: टाकुरा विशेषलालबहादुर विश्वकर्मा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.