झापा : झापाको कन्काई नगरपालिका ३ स्थितबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ घर भइ कन्काई नगरपालिका ३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीको घरबाट ब्राउनसुगर बरामद गरेको हो ।
उनको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैयाँ २२ हजार ५०, भारतीय रुपैयाँ ३ हजार २ सय र मे १० प ५७१४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामान बरामद भएसंगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तत्काल फरार चौधरीको खोज तलास भइरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post