Saturday, June 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उवासंघ इटहरी निर्वाचन : अध्यक्षकी उम्मेदवार रञ्जुको यस्ता छन् योजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७९
in समाचार
0
उवासंघ इटहरी निर्वाचन : अध्यक्षकी उम्मेदवार रञ्जुको यस्ता छन् योजना
170
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्ष पदका लागि रञ्जु सिग्देल (चौलागाईँ) ले उम्मेदवारी दर्ता गराएसँगै अहिले घरदैलोमा व्यस्त रहेकी छन् ।

व्यापार व्यवसायमा सक्रिय उनी समग्र इटहरीको व्यवसायिक नेतृत्व लिने उत्साहका साथ चुनावी मैदानमा रहेकी छन् ।

श्रीमानले थालेको व्यवसायलाई सहयोग गर्दै कुशल व्यवसायीको छवि बनाएकी उनले सामाजिक कामलाई पनि अंगाल्दै आएकी छन् ।

‘व्यवसायमा आँफूले कमाउने भन्दा पनि समाजको लागि पनि योगदान गर्नुपर्छ भन्ने उदेश्यले आज चुनावी मैदानमा होमिएकी छु,’ सिग्देलले भनिन्, ‘संघर्षशील युवा तथा महिला व्यवसायीहरूको समस्या नजिकबाट नियालेकी छु, सोही कारण पनि समस्या समाधान गर्न मेरो भूमिका महत्वपूर्ण हुनेछ ।’

इटहरीस्थित सिग्मा सप्लायर्सकी सञ्चालिका उनले सानो लगानीमा इटहरीमा व्यवसाय सुरु गरेको स्मरण गरिन् ।

शिक्षा शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेकी उनले अध्ययन सकेसँगै व्यापारमा लागेकी हुन् । उवासंघको नेतृत्व गरेपछि आँफू जिम्मेवारीपूर्ण तरिकाले काम गर्ने उनी बताउँछिन् । ‘संघको अध्या भएँ भने म दुई वर्षको पुरै समय संघको व्यवस्थित विकासलाई दिनेछु,’

उनले भनिन्, ‘भोलि मैले संघको नेतृत्व अर्को समितिलाई सुम्पँदै गर्दा इटहरीको व्यवसायिक विकासको आधार बनिसकेको हुनेछ ।’

उद्योग वाणिज्य संघको सदस्य हुँदा गरेका काम

२०७३ सालमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा महिलातर्फ सदस्यमा निर्वाचित भइन् । उद्योग वाणिज्य संघको महिला सदस्य भूमिकाका हिसाबले निकै सानो ठाउँ हो । तर, उनले आफ्नो मिहिनेत र सीपलाई सक्दो उपयोग गरिन् ।

उनले महिला उद्यम समिति गठन गरेर महिला व्यवसायीहरूलाई समेटिन् र उनीहरूकै नेतृत्वमा महिला उद्यमी मेला लगाएर १४ वटा जिल्लाका महिलाहरूको प्रतिनिधित्व गराइन् ।

देशभरका विभिन्न कार्यक्रम, सभा, सम्मेलनमा इटहरीको प्रतिनिधित्व गराइन् । उद्यमीहरूका लागि विभिन्न किसिमका तालिमहरू आयोजना गरिन् । उनकै नेतृत्वमा इटहरीमा रोजगार मेला भयो ।

पराजयपछि पनि थाकिनन्

अर्को एक कार्यकालका लागि भएको संघको चुनाव भने उनले गणितीय रूपमा हारिन् । तर, उनी आफ्नो जिम्मेवारीबाट पछि हटिनन् । पदमा भएपनि नभएपनि उनी व्यवसायीहरुसँगै सहकार्य गरिरहिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सुनसरीको महासचिव र नेपाल उद्यमशील महिला सुनसरीको महासचिवका रूपमा उनले जिल्लाभरीका साना उद्यमी उत्पादन गर्ने, तालिम दिने र उत्पादनको बजारीकरणका लागि सहयोग गर्ने काम गरिरहेकी छिन् ।

यस्ता छन् योजना

सरोकारवाला निकायहरूसँग समन्वय गरी इटहरीको औद्योगिक र व्यापारिक क्षेत्रको अवस्थामा सुधार ल्याउने उनको योजना छ । व्यवसायिक विकासमा राजनीतिक हस्तक्षेप र स्वार्थलाई सँगै जोड्न नहुने उनको तर्क छ ।

‘पार्किङ, घरबहाल, यहाँको ढल निकास, ट्राफिक व्यवस्थापन, कर र राजस्वका विषयमा देखिएका समस्याहरूलाई समन्वयात्मक वातावरणमा समाधान गर्न सकिन्छ,’ उनी भन्छिन्, ‘रणनीतिक योजना बनाएर कोशिस गर्यो भने असम्भव केही छैन, इटहरीको व्यवसायिक क्षेत्रको संस्थागत विकासको जग बसाउन धेरै काम गर्न सकिन्छ र म गर्छु ।’

उनले व्यवसायिक क्षेत्रमा अहिले देखिएका समस्या समाधान गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने बताइन् ।

‘अहिले बैँकको ब्याजदर वृद्विका कारण व्यवसायीहरू मर्कामा छन्, ब्याजदर घटाउनका लागि दबाब दिने कुरामा अग्रसर रहनेछु,’ उनले भनिन्, ‘युवाहरूलाई रोजगारको अवसर सृजना गर्ने, व्यवसायिक डाटा निर्माण गर्ने, व्यवसायिक सुरक्षाका सवालमा मेरो उपस्थिति महत्वपूर्ण हुनेछ ।’

उनले औद्योगिक ग्राम स्थापनाका लागि पहल गर्ने र महिला उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताइन् । रोजगार मेला, प्रदर्शनी तथा विभिन्न व्यवसायिक तालिम सञ्चालनका निम्ति आँफ्नो योजना रहेको सिग्देल बताउँछिन् ।

साथै, इटहरीमा देखिएको पार्किङ समस्या समाधानका निम्ति व्यवस्थापन गर्न आफ्नो भूमिका रहने उनले बताइन् । उवासंघको भवनलाई सदुपयोग गरी आम्दानीको स्रोत बढाउने कुरामा पनि आँफू सकारात्मक रहेको उनको भनाइ छ ।

Tags: #उवासंघरञ्जु सिग्देल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र
समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरान उपमहानगरपालिका–२० स्थित सिरान सामुदायिक वन क्षेत्रबाट प्रहरीले एक सय २० किलोग्राम गाँजा बरामद गरेको छ। शुक्रबार साँझ...

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश
समाचार

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी तथा तोडफोड घटनामा अभियुक्त रहेका ताजिम अन्सारी लामो समय सम्पर्कविहीन रहेपछि शुक्रबार...

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३
विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

विराटनगरमा जेनजी आन्दोलनका मुख्य अभियुक्त आठ महिनापछि अदालतमा, कारागार पठाउने आदेश

असार १२, २०८३
महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

महिला फुटबललाई गति दिन इटहरीमा प्रदेशस्तरीय गोल्डकप

असार १२, २०८३
वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.