इटहरी : सुनसरीको देवानगंज गाउँपालिका ६ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
मंगलबार (आज) बिहान देवानगंज रासी सडकखण्डमा को २ त ६२३८ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टर चालक बर्जु गाउँपालिका ५ का ४० वर्षीय प्रमोद पंडित रहेका छन् । उनको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सहचालक देवानगंज २ का ३० वर्षीय धीरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय देवानगंजबाट थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post