पाँचथर : पाँचथरमा लडेर दुईजनाको मृत्यु भएको छ ।
भीर र रुखबाट लड्दा पाँचथरको फिदिमका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा फिदिम १३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे रहेका छन् ।
उनीहरूमध्ये नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर मृत्यु भएको हो । यस्तै, नेम्वाङ फिदिम ७ को नाङ्लापा भन्ने स्थानमा भीरबाट लडेका थिए ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।














Discussion about this post