सोलुखुम्बु : सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिकाकामा मोटरसाइकल दुर्घटनमा परी एक युवकको मृत्यु भएको छ ।
मंगलबार मध्याह्न भएको दुर्घटनमा माप्यदूधकोसी गाउँपालिका ४ का २१ वर्षीय हेमकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
काँकुबाट बासातर्फ जाँदै गरेको बा ४४ प २६१९ नम्बरको पल्सर मोटरसाइकल रमिते डाँडामा अनियन्त्रित भइ दुर्घटना हुँदा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।














Discussion about this post