तेह्रथुम : तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुर्केमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्याँस लिएर आउँदै गरेको को २ त ५५३८ नम्बरको ट्याक्टरले पैदलयात्री ६२ वर्षीय दलबहादुर लिम्बूलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि अनियन्त्रित भएको ट्याक्टर घरको छानामा पल्टिएर खाना पकाउँदै गरेकी ७६ वर्षीया हर्क मोती लिम्बूलाई किचेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
गम्भीर घाइते लिम्बूको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते दलबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक वर्ष २२ का देशबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।











Discussion about this post