इटहरी : इटहरीको मुख्य चौक नजिकै ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार शुक्रबार (आज) १ः२० बजेतिर इटहरीको मुख्य चौक नजिकै ट्रकले ठक्कर दिएको हो ।
ना ५ ख ४५५३ ट्रकले धरानतर्फ जाँदै गरेको २१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इटहरी ५ की अन्दाजी ३० वर्षीया तारा निरौला (गौतम) को मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु दिउँसो ४ बजेतिर भएको प्रहरीले जनाएको छ ।
ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post