इटहरी (डेक्स) : मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउसो बिराटनगर महानगरपालिका १५ मा लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका इटहरी उपमहानगरपालिका ३ सुनसरीका ३३ वर्षीय दिपेश राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट ४ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
भने, झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर ६ का ३३ वर्षीय शिव श्रेष्ठ र ३३ वर्षीय बिजय तिवारीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post