सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका ५ का वर्ष ३७ का राजकुमार राई, निजका श्रीमती ३९ वर्षीय अस्ती कुमारी राई, वर्ष ४० की फूलमाया रसाइली र निजका छोरा वर्ष २१ का प्रेम रसाइली रहेका छन् ।
उनीहरूले सोलुदुधकुण्ड नगरपालिका ५ क्याम्पस टोलमा गाई काट्दै गरेको भन्ने स्थानीयले दिएको सूचनाको आधारमा बिहीबार (आज) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।




















Discussion about this post