रामधुनी : सुनसरीको रामधुनीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार रामधुनी ७ स्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही ट्याक्टरमा काम गर्ने १६ वर्षीय कृष्ण चौधरी रहेका छन् ।
गम्भीर घाइते भएका उनको गएराति ११ः४० बजेतिर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post