इटहरी : झापा, मोरङ र सुनसरीको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा सिटि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ ह ६४३२ नम्बरको टेम्पो आफैँ अनियन्त्रित भएर पल्टिँदा सिटिमा सवार इटहरी १० का ४० वर्षीय राजेन्द्र सरदारको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सरदारको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बुधबार मोरङको बेलबारी नगरपालिका १ शिशौली चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेका दुईवटा साइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका साइकल यात्री बेलबारी २ का १९ बर्षीय लेखनाथ चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएका अर्का साइकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै बुधबार झापाको कनकाई नगरपालिका– १ दुर्गापुर चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएके छ ।
पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाइकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड–२ को निधी क्याम्पसको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका ४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा वीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न सवारी साधनहरू र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post