इटहरी : काठमाडौं वर्ल्ड स्कुल, शैक्षिक जगतमा परिचित नाम हो । छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको छ ।
आवास सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष धेरैको सङ्ख्यामा नेपाली अभिभावकले आफ्ना नानीबाबुहरूलाई मुलुकबाहिर लैजानुपर्ने अवस्थाको अन्त्य गर्न २०७४ सालमा स्थापित यस स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको छ ।
स्कुलको पूर्वाधार र सुविधाहरू समेत अत्याधुनिक र सुविधा सम्पन्न छन् ।
स्कुलमा शान्त वातावरण, छात्र तथा छात्राको आवास गृह, स्विमिङ पुलसहितको अतिरिक्त क्रियाकलाप भवनमा नृत्य, सङ्गीत, मार्सल आर्ट्स, लाउन टेनिस, नाटक, फाइन आर्ट, इनडोर मन्टिपर्पोज कोर्ट, फुटसल अनि अतिरिक्त प्रयोगात्मक कक्षाहरूको लागि पनि छुट्टाछुट्टै व्यवस्था रहेको छ ।
कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अगाडि बढाउनुपर्नेमा वर्ल्ड स्कुलले जोड दिँदै आएको स्कुलका अध्यक्ष डा. ई. मिथिलेश कुमार झाले बताए ।
तल्लो तहका कक्षा जस्तै प्लस टु अध्ययन गर्ने विद्यार्थीहरूको रोजाइमा समेत यस स्कुल पर्ने गरेको छ ।
अन्य कलेजभन्दा धेरै महँगो भन्ने बाहिरको बुझाइ सत्य नभएको स्कुल परिवारले स्पष्ट पारेको स्कुलको समग्र गुणस्तर र सेवाको हिसाबले केही महँगो भए पनि प्लस टु भने अन्य कलेजको तुलनामा सस्तो रहेको स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले बताए ।
खुलालका अनुसार स्कुलले स्थापनाको छोटो समयमै आफूलाई अग्रणी विद्यालयको रूपमा उभिन सफल भएको दाबी समेत गरेको छ ।
स्कुलले शिक्षामा सबैको सहभागितालाई सुनिश्चितता गर्नका लागि पूर्वका सहरहरूमा एजुकेस्नल टुर आयोजना गर्दैछ ।
व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले पूर्वका धरान, विराटनगर र बिर्तामोडमा एजुकेस्नल टुरको आयोजना गर्ने भएको हो ।
फाल्गुन १९ गते दिउँसो २ बजे सिद्धार्थ होटल बिर्तामोड, २० गते दिउँसो ३ बजे होटल गजुर प्यालेस धरान र २१ गते बिहान ८ बजे रत्ना होटल विराटनगरमा शैक्षिक परामर्श सहित विशेष कार्यक्रमको आयोजना गर्नेछ ।
कार्यक्रममा सहभागी भएर शैक्षिक परामर्श लिनका लागि स्कुलले अपेक्षा गरेको जनाएको छ ।












Discussion about this post