इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थितबाट मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान ४ का २८ वर्षीय विश्वराज राई र धरान १३ का २३ वर्षीय रतिस श्रेष्ठ रहेका छन् ।
अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १–०२–०४०प २८१८ नम्बरको मोटरसाइकलको नम्बर प्लेटलाई को ३८ प ८०६५ लेखेर चलाएको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
गत माघ ६ धरान ११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post