रामधुनी : सुनसरीको रामधुनी नगरपालिका ४ मा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको कपडाहरू प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पकली र प्रहरी चौकी सिंघियाबाट खटिएको प्रहरी टोलीले रामधुनी ४ स्थित भित्री सडकखण्डमा अवैध रूपमा भन्सार छली ल्याएर सडक छेउमा राखेको अवस्थामा ७ सय ८४ पिस कुर्था सुरुवालको कपडाहरू बरामद गरेको हो ।
बरामद गरिएका करीब ४ लाख ३४ हजार मूल्य बराबरका कपडाहरू सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














Discussion about this post