इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ३ स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ वर्षीय रामनारायण मेहता रहेका छन् ।
सोमबार (आज) बिहान ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री मेहताको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक काठमाण्डौँ दक्षिणकाली ५ का ४० वर्षीय निरन्जन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post