बिराटनगर : सुनसरी र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो सुनसरीको इटहरी उप महानगरपालिका ४ मा लागूऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका १ झापाका बदन लिम्बुले बोकेको झोला चेक जाँच गर्दा झोलामा प्रतिबन्धित औषधी LUPIGESIC, DIAZEPAM र PHENERGAN गरी १ सय ८८ एम्पुल बरामद गरेको हो, भने लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका १० नागाडुब्बाका ४८ वर्षीय कृष्ण राजवंशीको घरको कोठा खानतलासी गर्दा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post