Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बढी शुल्क लिन पाउनुपर्ने माग गर्दै जिप्रका सुनसरी अगाडिका पसलेहरू आन्दोेलित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १६, २०७९
in समाचार
0
बढी शुल्क लिन पाउनुपर्ने माग गर्दै जिप्रका सुनसरी अगाडिका पसलेहरू आन्दोेलित
147
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बढी शुल्क लिन पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि रहेका पसलेहरू आन्दोलित बनेका छन् ।

कार्यालयबाहिर सञ्चालित लेखापढी पसलेहरूले प्रशासनमा आएका सेवाग्राहीबाट चर्को शुल्क लिएको भन्दै कडाई गरेपछि आज (मंगलबार) व्यवसायीहरूले पसल बन्द गरेर आन्दोलन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राहीसँग मनोमानी शुल्क लिएको भन्दै कठोर बनेपछि पसलेहरू आन्दोलित बनेका हुन् ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार पसलमा एउटा फर्म भरेकै पाँच सय र सोभन्दा बढी रकम लिएको पाइएपछि प्रशासनले निगरानी बढाएको थियो ।

कडाइ गर्न थालिएपछि मंगलबार पसल बन्द गरेपनि प्रशासनभित्र भएका कामकारबाहीको प्रक्रिया नरोकिएको उनले बताइन् ।

‘पैसा बढी लिन पाउनुपर्छ भन्ने कुरा किमार्थ स्वीकार्य छैन, हामीले भित्रबाट सबै काम गरेका छौँ,’ प्रजिअ पाण्डेले भनिन्, ‘गलत काम गर्ने मानिस कारबाहीको दायरामा आउनुपर्छ, हामीले तत्काल चेतावनी मात्रै दिएका छौँ ।’

उनका अनुसार फोटोकपी तथा अन्य विभिन्न लेखापढीका काम गर्ने पसलेले पसल बन्द गरेपनि प्रशासनभित्रैबाट फोटोकपी लगायतका काम भइरहेको उनले बताइन् ।

पसल बन्द गरेर आन्दोलन गर्दै व्यवसायीहरू ।

‘उनीहरूले फोटोकपी नगरेपछि कसरी काम गर्छ भनेर भनिरहेका रहेछन्, हामीले सेवाग्राहीका काम नरोकिनेगरी काम गरिरहेका छौँ,’ उनले टाकुरासँग भनिन् ।

निःशुल्क पाइने फारमलाई सर्वसाधारणले महंगो शुल्क तिर्नुपरेको गुनासो आएपछि यसअघि प्रशासनले निगरानी थालेको थियो ।

निःशुल्क उपलब्ध हुने सबै किसिमका सुविधा सेवाग्राहीले हेल्प डेस्कमार्फत् पाउने उनले बताइन् ।

Tags: #सुनसरीआन्दोलनजिल्ला प्रशासन कार्यालयप्रशासन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद
समाचार

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

by मनाेज अधिकारी
कार्तिक ९, २०८३
0

इटहरी : सुनसरीको इटहरीमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट...

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.