प्रदेश १ मा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ । शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेश १ मा १५८ जना संक्रमित पुगेका हुन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Discussion about this post