इलाम : इलामको माई नगरपालिका १० लुम्बाक स्थितमा रुख काट्ने क्रममा रुख ढलेर किच्दा एक युवकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
रुख काट्ने क्रममा रुख ढलेर किच्दा गम्भीर घाइते भएका महोत्तरी बर्दिबासका २८ वर्षीय हेमराज भुजेललाई उपचारको लागि बी एण्ड सी अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको पथरी शनिश्चरेका २२ वर्षीय विज्ञान मगर घाइते भएका छन् ।
उनको उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।














Discussion about this post