विराटनगर : विराटनगर महानगरपालिका ९ चुलाचुली मार्गबाट स्रोत नखुलेको भारतीय रकमसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका ७ का २६ वर्षीय रमेश कुमार मण्डल, २२ वर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका ३ का ३० वर्षीय नबि हुसेनलाई पक्राउ गरिएको हो ।
शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट १ लाख ८३ हजार ७ सय ५० रुपैया भारतीय रकम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




















Discussion about this post