इटहरी : जीवन विज्ञान कोसी प्रदेशले इटहरीमा पूर्वाञ्चल जागरण उत्सव कार्यक्रम आयोजना गरेको छ ।
शनिबार एक कार्यक्रमबीच जीवन विज्ञान कोसी प्रदेशले जागरण उत्सव कार्यक्रमको आयोजना गरेको हो ।
जागरण उत्सवमा नेपालसहित ५५ देशका प्रतिनिधि सहभागी भएका छन् । नेपालबाट मात्र ४० जिल्लाका प्रतिनिधि सहभागी भएका छन् ।
कार्यक्रम अन्तर्गत फागुन २१ र २२ गते जीवन विज्ञान प्रतिष्ठानका एक हजार एक सय ५५ जना प्रशिक्षकको जीवन विज्ञान परिषद् गरिनेछ ।
त्यसपछि एक सातासम्म जीवन विज्ञान प्रतिष्ठानले चक्र विज्ञानको कार्यक्रम राख्ने कोसी प्रदेश संयोजक बालिका खड्का भट्टराईले बताइन् ।
शनिबारको उद्घाटन सत्रमा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुल्ला किताब भएकाले गर्दा आफ्नो पूर्ण क्षमताका जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने बताए ।
उनले भने, ‘बिना जागरण जीवनमा पूर्णता आउँदैन, मानिसको खुसीको स्रोत पनि आफै हो ।’
कार्यक्रममा हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आध्यात्मिक जीवन मानिसका लागि महत्वपूर्ण रहने उल्लेख गरे ।
पछिल्लो समय अधिकतर व्यक्तिमा मानसिक तनाव छ ।
जसले गर्दा मानिसलाई तनाव, चिन्ता, निराशा र अस्तव्यस्तलाई व्यवस्थापन गर्न सन्देश प्रवाह गर्न जागरण उत्सव गरिएको बताइएको छ ।













Discussion about this post