विराटनगर : काठमाडौं वर्ल्ड स्कुलले विराटनगरमा शैक्षिक अन्तरक्रियाको आयोजना गर्दै समापन गरेको छ ।
आज (आइतबार) स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशरबहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो ।
वर्ल्ड स्कुलको नेपाल टुर अन्तरगत विराटनगरमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।
खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले नेपाल बाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।
अभिभावकले आफ्ना छोराछोरीले सम्पूर्ण कुरा दिइरहेकोमा समय दिन नसकिरहेको उनको भनाइ छ ।
शिक्षालाई उच्चस्तरीय बनाउनका लागि स्रोत साधनको आवश्यकता रहेको उल्लख गर्दै उनले शिक्षकलाई समेत गूणस्तरीय शिक्षा प्रदान गर्न विज्ञताको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सहभागीले वल्र्ड स्कुलले नेपालका विद्यार्थी बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्ने उदेश्यले स्थापित स्कुलले आफ्नो उदेश्य पूरा गर्ने बताए ।
कार्यक्रममा बोल्दै स्कुलका चियरमेन इ.डा.झाले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए ।
स्कुलले तल्लो तहको कक्षादेखि माथिल्लो तहसम्म गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरेको झाको भनाई छ ।
व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेस्नल टुर गरिसकेको छ । स्कुलले देशभरका प्रमुख सहरहरूमा कार्यक्रमको आयोजना गरिने स्कुल प्रशासनले जनाएको छ ।












Discussion about this post