धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ ।
कोसी राजमार्गस्थित धरान–धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार चालक तत्काल फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ ।
गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने खुल्न बाँकी रहेको उनले बताए । फरार रहेका गाडी चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post