धरान : धरानमा जारी सातौँ राष्ट्रिय हराइजन बास्केटबल रनिङ कपमा मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा टाईम्स इन्टरनेशनल क्लब काठमान्डौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान १७ स्थित श्री माविको हराइजन बास्केटबल कोर्टमा भएको खेलमा टाईम्स इन्टरनेशनल क्लब काठमान्डौँले विराटनगर बास्केटबल एकेडेमीलाई ६० का विरुद्व ८९ स्कोर गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको म्यान अफ द म्याच विराटनगर बास्केटबल एकेडेमीका सुजन लिम्बू घोषित हुँदै नगद एक हजार ५ सय प्राप्त गरे । नगद र मेडल कोसी प्रदेशका बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले प्रदान गरेका थिए ।
बुधबार हुने अन्तिम क्वाटरफाइनल खेल कलिया बास्केटबल क्लब बारा र त्रिभुवन आर्मी क्लब काठमाँडौँबीच हुने आयोजकले जनाएको छ ।
फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछन् ।












Discussion about this post