धरान : नेपाल पुलिस क्लब सातौँ संस्करणको राष्ट्रिय हराइजन रनिङ कप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
धरान १७ स्थित बास्केटबल कोर्टमा आज (बिहीबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का विरुद्व ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो ।
घरेलु टिम विरुद्व जित निकाल्न व्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुँदै नगद २ हजार पाए ।
उक्त पुरस्कार नगद राशी र मेडल धरान वडा नम्बर ७ की वडा सदस्य रमिता श्रेष्ठ र हराइजन क्लवका उपाध्यक्ष पञ्चकला राईले हस्तान्तरण गरे ।
पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौँ र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीचको अन्तिम सेमिफाइनल विजेतासँग शनिबार पतिष्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउँनेछन् ।












Discussion about this post