इटहरी (डेक्स) झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउसो सुनसरीको दुहबी नगरपालिका ५ फुटबल चोकमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ वर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका ८ का २१ वर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका २ का २० वर्षीय विश्वास संग्रौलाको कोठामा लागूऔषध बेचबिखान भईरहेको छ भन्ने बिषेश सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड नगरपालिका ४ का २० वर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका ८ की २० वर्षीया अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, २ थान मोबाईल र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post