विराटनगर : लघुवित्त संस्थाको संरक्षण माग गर्दै महिलाहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।
विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरूले शुक्रबार (आज) प्रदर्शन गरेका हुन् ।
लाखौं महिला संलग्न संस्था नै धरासायी हुने गतिविधि रोक्न भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिएसँगै कर्मचारीहरूसमेत आक्रमणमा पर्न थालेका छन् ।
विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट भेला भएका लघुवित्त संस्था सम्बद्ध महिलाले सन्देशमूलक र दबाबमूलक प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्तको सेवा प्रवाहबाट नराम्रो भन्दा धेरै राम्रो धेरै भएकाले संरक्षण गर्न माग गरे ।














Discussion about this post