इटहरी : सुनसरीको दुहबी नगरपालिका १ र २ बाट दुई वटा चोरीको मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुहबी नगरपालिका २ का ३५ वर्षीय सूर्यनारायण चौधरी र सुन्दरहरैँचा नगरपालिका ३ मोरङका २७ वर्षीय अमन सरदार रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रदेश १–०२–०४८ प २९६१ नम्बर र प्रदेश १–०२–०५० प ३९७९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post