इटहरी : इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (मंगलबार) भएको खेलमा आर्मीले रोलिङ क्लब झापालाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मीका लागि खेल सुरु भएको २ मिनेटमै दीपक गुरुङले सुरुआती गोल गरे । यस्तै, खेलको ४५ औं मिनेटमा आर्मीका टिम क्याप्टेन जिलेस्पीजङ्ग कार्कीले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ६२ औं मिनेटमा आर्मीका सुदिल राईले थप १ गोल गर्दै टिमलाई तेस्रो गोल दिलाए । यस्तै, इन्जुरी समयमा आर्मीका पदम मोक्तानले थप १ गोल गरे ।
सुरुदेखि नै दबाबमा रहेको रोलिङ क्लबका लागि खेलको ६५ औं मिनेटमा ड्याड्डीले पेनाल्टीमार्फत १ गोल गरे । आर्मीले डिबक्सभित्र “फल्ड” गर्दा रोलिङले पेनाल्टी पाएको थियो ।
खेलको म्यान अफ दि म्याच आर्मीका क्याप्टेन जेलस्पीजङ्ग कार्की घोषित हुँदै नगद दस हजारसहित ट्रफी हात पारे ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।














Discussion about this post