मोरङ : मोरङको कानेपोखरी गाँउपालिका ५ बाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उर्लावारी नगरपालिका २ का २९ वर्षीय मिलन ढकाललाई ३६० मिलिग्राम लागूऔषध ब्राउनसगुर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका ढकालको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post