Sunday, November 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अति विपन्न विद्यार्थीलाई जीवन विकास लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १४, २०७९
in समाचार
0
अति विपन्न विद्यार्थीलाई जीवन विकास लघुवित्तद्वारा छात्रवृत्ति प्रदान

तस्वीर : लक्ष्मण थापा ।

75
SHARES
Share on FacebookShare on Twitter

धरान : जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा धरानका अति विपन्न पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । एक वर्षभरीका लागि पाठ्यक्रमसहित छात्रवृत्ति प्रदान गरिएको हो ।

धरान शाखाले घर–घरमा उधम फैलाऔँ, गरिबीलाई शून्य बनाऔँ भन्ने सन्देशका साथ साक्षरता गोष्ठी समेत आयोजना गरेको छ ।

‘शिक्षा नै जीवन परिवर्तनको मूल आधार हो, शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुनुनपरोस्’ भन्ने अभिप्रायले जीवन विकासले ती छनौटमा परेका ५ विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा मनिष लिम्बू, राघिनी लम्जेल, एलिसा राई, प्राशा कुलुङ राई र विनय राई रहेका छन् । उनीहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी र कार्यक्रमका प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघाले पाठ्यक्रमका सामाग्री हस्तान्तरण गरे ।

धरान शाखा प्रमुख राजेश कुमार मण्डलका अनुसार अन्य शाखाले पनि यो किसिमको कार्यक्रम आयोजना गर्दै आएको छ ।

संस्थाले हाल २४ करोड ६८ लाख ३५ हजार ९ सय ४३ लगानी गरेको उनले बताए । जसअन्तर्गत १२ करोड १२ लाख बचत रहेको र नेपालभरी ३ लाख ४४ हजार घरपरिवारले सेवा पाइरहेको उनको भनाइ छ । उनका अनुसार धरान शाखामा ३ हजार ३ सय ९० जना सेयर तथा सदस्य रहेका छन् । सं

कार्यक्रममा जीवन विकास बित्तीय संस्थाका केन्द्रीय बित्त विभाग प्रमुख केन्द्रीय कार्यालय कटहरी मोरङका प्रमुख अजयकुमार मन्डलले २४ जिल्लामा सेवा प्रवाह गर्दै हाल देशभर संस्थाका १५९ शाखा, ८ सय ९८ सदस्य, २ लाख १८ हजार १६ ऋणि र कूल बचत र कुल बचत १० अर्ब ९ लाख ७६ हजार २ सय १९ रहेको बताए ।

यस्तै, देशभर २३ अर्ब ५४ करोड ८२ लाख २४ हजार ५ सय रुपैयाँ ऋण प्रवाह गरिएको उनको भनाइ छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघाले अहिले धरानमा मेयर र कार्यपालिका सदस्यबीच भइरहेको असहज परिस्थितिलाई घुमाउरो लक्षित गर्दै वित्तीय संस्थाहरू नीति र विधानअनुसार चल्नुपर्ने बताए ।

यस्तै, वित्तीय संस्थाका सदस्य झर्ना विश्वकर्मा, पुनम रोमु राई लगायतले बोलेका थिए ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ल, धरान १ का वडाध्यक्ष यज्ञमणि आचार्य, धरान ४ का वडाध्यक्ष धनबहादुर राई लगायतको उपस्थिति थियो ।

Tags: #धरानछात्रवृत्तिजीवन विकासलघुवित्त
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले
विविध

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

by रासस
कार्तिक १५, २०८३
0

इलाम : अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि...

धान फल्ने खेतमा फूलखेती
विविध

धान फल्ने खेतमा फूलखेती

by रासस
कार्तिक १५, २०८३
0

भद्रपुर (झापा) : धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब ५० हजारको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कात्तिक २५ गते कोशीमा सरकारी कामकाजको भाषा ऐन लागू हुँदै

कार्तिक १३, २०८३
तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

तिहारका लागि पाँच कट्ठामा सयपत्री फूलखेती

कार्तिक १३, २०८३
रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

रामधुनीमा विद्यालय जाने बाटो बन्द, ५ सय विद्यार्थी प्रभावित हुने चिन्ता

कार्तिक १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

फल लाग्ने सिजनमै अकबरे खुर्सानीका बोट मर्न थाले

कार्तिक १५, २०८३
धान फल्ने खेतमा फूलखेती

धान फल्ने खेतमा फूलखेती

कार्तिक १५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना, एकको मृत्यु

कार्तिक १४, २०८३
पूर्वी नेपालमा नाट्य पर्यटन

पूर्वी नेपालमा नाट्य पर्यटन

कार्तिक १४, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    843 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    369 shares
    Share 148 Tweet 92
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.