धरान : नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा धरानका व्यावसायी राजेन्द्र साहले उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै यही चैत २८ र २९ गते हुने महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा साहले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले जिल्ला नगर उद्योग वाणिज्य संघतर्फको केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् ।
उनलाई जिताउन सुनसरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरि सकेको जानकारी उवासंघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
साह २०७३ सालदेखि २०७६ सम्म सुनसरी उवासंघको अध्यक्ष र महासंघ कोसी प्रदेश कार्यसमिति सदस्य समेत भइसकेका छन् ।
कार्यक्रममा उवासंघ सुनसरीका पूर्व अध्यक्ष गौरी शंकर अग्रवालले अहिलेको अवस्थामा दलभन्दा माथि उठेर सम्पूर्ण उद्योगी, व्यावसायीका पक्षमा काम गर्नुपर्ने बताए ।
संघका पूर्व अध्यक्ष पवन अग्रवाल, पूर्व अध्यक्ष सरोज श्रेष्ठ लगायत संघका कार्यसमितिका अन्य पदाधिकारिहरूको उपस्थिति रहेको थियो ।














Discussion about this post